रविलाई प्रधानमन्त्रीको अफर गरेको छैन: कांग्रेस

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि नेताहरूले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताएका हुन् ।

केही सञ्चार माध्यमहरूले रास्वपा सभापति लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको समाचार प्रकाशित गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन् ।

Exit mobile version