एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बुधबार बस्दैछ । नयाँ सत्ता गठबन्धनको सत्ता सहकार्यको प्रस्तावबारे छलफल गर्न बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए ।

प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीलाई नयाँ गठबन्धनले मिलेर जान प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ माधवकुमार नेपाललाई निवासमै भेटेर औपचारिक प्रस्ताव गरेका छन् ।

अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव भूसालले बताए ।

Exit mobile version