‘लापसे’मा नौ जनालाई कारवाही

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने गरेको पाइएपछि बाँके ट्राफिक र जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार संयुक्त रूपमा चेकजाँच गरेको छ । दुर्घटना न्यूनीकरणको अभियानमा रहेको बाँके ट्राफिकले गरेको लापसे चेकजाँचका क्रममा ९ जना ‘पोजेटिभ’ भेटिएका छन् ।

बाँके ट्राफिक इन्चार्ज गोपिकृष्ण सुवेदीले दिएको जानकारी अनुसार, शंकाका आधारमा गरिएको चेकजाँचमा ९ जनालाई लागुपदार्थ सेवन गरेको फेला पारिएको हो । ‘ती मध्ये एक जना म्याजिक चालक पनि परेका छन्’, ट्राफिक प्रहरी निरीक्षक सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘आशंकित ११ जनामा ९ जना पोजेटिभ फेला परेका हुन् ।’ ती मध्ये कतिपय चालकका रूपमा र कतिपय सवारीका रूपमा थिए ।

विशेष किटका आधारमा चेकजाँच गरी पोजेटिभ पाइएकाहरुलाई कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिने गरेको बताइएको छ ।

Exit mobile version