सुरु भो ‘कल्चर फेष्टिबल’

‘म्युजिक फर हार्मोनी’ मूल नारा सहित नेपालगन्जमा नेपाल कल्चर फेष्टिबल सुरु भएको छ । आइतबारसम्म चल्ने फेष्टिबलको प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले बिहीबार उद्घाटन गरिन् ।

निवर्तमान प्रदेश मन्त्री नमूनाको उद्घाटन मन्तव्य अघि पूर्वी नेपालमा चर्चित एउटा सांगीतिक प्रस्तुतिबाट बिहीबार साँझ नेपालगन्ज रंगशालामा नेपाल कल्चर फेष्टिबल शुभारम्भ गरिएको हो । ‘सांस्कृतिक पुस्तान्तरणका लागि पनि यो महत्वपूर्ण आयोजना हो’, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले कार्यक्रमको अवधारणा बारे भने । प्रमुख अतिथि नमूनाले सांस्कृतिक अभियानका लागि यसखालका कार्यक्रम महत्वपूर्ण हुने विचार राखिन् ।

पहिलो दिन स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरमा ख्याती प्राप्त विभिन्न लोकसंगीतका प्रस्तुतिहरू गरिएको फेष्टिबलमा आज शुक्रबार दोस्रो दिन दिनभरीजसो स्थानीय कलाकारसँगै
राष्ट्रिय कलाकारले रंगमञ्च तताउने आयोजकले जनाएका छन् ।

Exit mobile version