नेपालगञ्जका विभिन्न धार्मिकस्थको सरसफाई

‘सर्व धर्म स्थान, सरसफाइ अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार बिहान नेपालगञ्जको बिपीचोकस्थित मस्जिद परिसर सरसफाइ गर्दै सुरक्षाकर्मी । आज बिहान मस्जिद परिसरलगायत यहाँका विभिन्न धार्मिकस्थल वरिपरिको स्थल सरसफाइ गरिएको छ । तस्बिरः रुपनी जि एम

नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरिएको छ । आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् । ‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाई गरेका हुन् ।

सरसफाई अभियानमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सदभावलाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरिएको बताउनुभयो । “नेपालगञ्ज भन्नका लागि मात्रै सदभावको सहर भनिएको होइन । यहाँ एकले अर्काको धर्मलाई सम्मान गर्ने परम्परा रहेको र त्यही परम्परालाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरेका हौँ”, उहाँले भन्नुभयो ।

सो अवसरमा राँझाको इमामनगर ब्यारेकस्थित श्री बज्रदलको गणमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलगायतका कर्मचारीहरुले सामूहिक रुपमा सरसफाई गरेका थिए ।

Exit mobile version