मन्त्री ज्वालाको गाडीमा आगजनी, एक जना प्रदर्शनकारीको मृत्यु

काठमाडौँ, १३ पुस

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पु¥याएको छ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले प्रदर्शनमा २३ वर्षीय सुजन राउतको मृत्यु भएको पुष्टि गरे ।

सवारीसाधन बन्द गराउँदै हिँडेका आन्दोलनकारी पाटन, १३ पुस ः ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सवारीसाधनमा आगजनीपछि रिङ्गरोडको सातदोबाटोमा सवारीसाधन बन्द गराउँदै हिँडेका आन्दोलनकारी । तस्बिर ः माधवप्रसाद घिमिरे÷रासस
Exit mobile version