सुदूरपश्चिम प्रदेश सरकारमा थपिए तीन मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारमा तीनजना मन्त्री थपिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीनजना मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुशीराम चौधरी बिनाविभागीय मन्त्री र इन्द्र गिरीलाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार बेलुका प्रदेश प्रमुख देवराज  जोशीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

Exit mobile version