बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले उम्मेदवारी दिने वा नदिने भन्ने विषयको टुंगो लगाउने छ । यसका साथै, उम्मेलवारी दिनुपर्ने अवस्थामा कसलाई उम्मेदवार बनाउनेबारे पनि छलफल भइरहेको नेताहरूले बताएका छन् ।

Exit mobile version