लुक्ला उडेको हेलिकप्टरमा चरा ठोक्कियो

शुक्रबार बिहान काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो ।

चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनका अनुसार बिहान सवा १० बजे हेलिकप्टरमा चरा ठोक्किएको हो । यो हेलिकप्टर ५ सिट क्षमताको हो । काठमाडौंबाट पूर्वतर्फ उड्दाउड्दै चरा ठोक्किएको थियो । काठमाडौं विमानस्थलमा चराका कारण उडान नियमितजसो प्रभावित बनिरहेको हुन्छ ।

Exit mobile version