तुलसीराम स्मृति पुरस्कारबाट साहित्यकार ऋचा लुइटेल सम्मानित

तुलसीराम स्मृति पुरस्कार- २०७९ बाट साहित्यकार ऋचा लुइँटेललाई सम्मानित भएकी छिन् ।
काेहलपुरमा शनिबार भएकाे कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले उनलाई सम्मान गरिएकाे हाे ।
`तुलसीराम स्मृति पुरस्कार´ कोहलपुरमा स्थापित सबैभन्दा पुरानो साहित्यिक पुरस्कार हो । तुलसीराम ढकालको स्मृतिमा २०६२ सालमा स्थापित यो पुरस्कार हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको जेठो पुरस्कार हो । प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारबाट हालसम्म दर्जन बढी साहित्यकारहरू सम्मानित भइसक्नु भएको छ ।
सुरूमा १००१/- रासीको पुरस्कारबाट सुरु भएको यो पुरस्कार पछिल्लो समय पुरस्कारको अक्षयकोष वृद्धि गर्दै पुरस्कारको रासी ७,७७७/- पुराएको छ ।
पुष्प अधिकारी अञ्जली, पद्मराज जोशी प्रभात, राजेन्द्र प्रसाद धिताल, प्रा.डा. गोपाल प्रसाद अधिकारी, डा. दिपक गौतम, डा. टिकाराम उदासी, सृजन लम्साल, भिष्म उप्रेती, सरिता तिवारी, किरण आचार्य, अब्दुल लतिफ शौक, डा. इन्द्रबहादुर भण्डारी लगायतका विशिष्ट साहित्यिक स्रष्टाहरूलाई सम्मानित गरिसकेको छ ।

Exit mobile version