सैनिकमा चार सय क्षमताको खुला प्यारापिट बन्दै

खजुरा गाउँपालिका वडा नम्बर-१ सैनिक खेल मैदानमा चार सय दर्शक क्षमताको खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले ४० लाख र स्थानीय स्रोतबाट चार लाख रुपैयाँमा उक्त प्यारापिट निर्माण हुन लागेको हो ।

यसले ग्रामीण क्षेत्रमा हुने खेलकुद गतिविधिलाई उत्साहित बनाउने स्थानीयको भनाइ छ । यहाँ प्यारापिट नहुँदा असहज तरिकाले दर्शकहरु खेल गतिविधि हेर्ने गर्दथ्ये । अब प्यारापिट निर्माण भएपछि सहज हुने अपेक्षा गरिएको छ ।

Exit mobile version