कर्णाली पुलमा ट्रक आगजनी: आगाे नियन्त्रणकाे प्रयास जारी

चिसापानीस्थित कर्णाली नदीको पुलमाथि ट्रकमा लागेको आगो झण्डै नियन्त्रण नजिक पुगेकाे छ । दमकलले आगाे निभाउने काम भइरहेकाे छ ।
आगलागीका कारण पुलमा समेत क्षति पुगेकाले सवारी आवागमन केही दिनका लागि बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर निरज शाक्यले बताए । व‌ैकल्पिक सडकका रुपमा कोठियाघाट/सत्ती प्रयोग गर्न उनले अनुराेधसमेत गरेका छन् ।
सुरक्षा निकायका तीनवटै अंग र स्थानीयले आगाे नियन्त्रणमा लिने प्रयास गरेका छन् ।
पूर्वबाट लाइटर लिएर पश्चिम गइरहेकने मा ना ५ ख ५२९५ नम्बरको ट्रकमा एक्सासी आगलागी भएकाे थियाे ।

Exit mobile version