राष्ट्रिय सभामा अध्यक्ष निर्वाचन आज

राष्ट्रिय सभामा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रियसभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउने छ ।

अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका सांसद युवराज शर्माले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

Exit mobile version