dainik
alo
alo

हत्या अभियोगमा आठजना पक्राउ

dainiknepalgunj

dainiknepalgunj

प्रकाशित: ०४ डिसेम्बर, २०२३, ०७:१८ पूर्वाह्न

alo
हत्या अभियोगमा आठजना पक्राउ
alo

बर्दियाको गुलरिया नगरपालिका –५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ । 

 

प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो । 

कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसईबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले राससलाई जानकारी दिनुभयो ।


 

alo
alo
alo
alo