dainik
alo
alo

रहेनन् पत्रकार ऋषि

dainiknepalgunj

dainiknepalgunj

प्रकाशित: ०३ डिसेम्बर, २०२३, ०८:१६ बजे

alo
रहेनन् पत्रकार ऋषि
alo

दैनिक नेपालगन्जका सहकर्मी ऋषि गैरेको असामयिक निधन भएको छ । लामो समयदेखि उच्च रक्तचापको समस्या रहेका ४० बर्षीय गैरेको शुक्रबार हृदयघातका कारण निधन भएको हो । पारिवारिक स्रोतका अनुसार, काठमाडौं स्थित अल्का अस्पतालमा उनको निधन भएको थियो ।

स्वर्गीय ऋषिको आइतबार परम्परागत संस्कार अनुसार स्याङ्जा जिल्लाको वालिङ्गमा अन्तिम संस्कार गरिएको उनका भाई तथा दैनिक नेपालगन्जका संवाददाता हिमाल गैरेले जानकारी दिए । काठमाडौंबाट दैनिक नेपालगन्जका लागि समाचार सम्प्रेषण गर्दै आएका ऋषिका एक छोरा, छोरी र श्रीमति रहेका छन् ।

लामो समयदेखि उच्च रक्तचापको समस्या रहेका पत्रकार ऋषिलाई एक्कासी हृदयघात भएको हो । पत्रकार ऋषिको निधन प्रति सामाजिक सञ्जालमा उनका निकटस्थ साथीभाईले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य रहेका ऋषिको निधनप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्तब्ध भएको बताएको छ । शाखा अध्यक्ष दामोदर भण्डारी र सचिव कमल डाँगीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै गैरे परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

त्यस्तै, नेपाल प्रेस सेन्टर बाँकेले पत्रकार ऋषिको निधनप्रति शोक वक्तव्य जारी गर्दै संगठनका अग्रज नेता तथा अभिभावक गुमाउँदा स्तब्ध र मर्माहत भएको बताएको छ । शाखा अध्यक्ष राजेश आचार्य र सचिव केपी घिमिरेले संयुक्त रुपमा शोक वक्तव्य जारी गर्दै पत्रकार ऋषिको आकस्मिक र अकल्पनीय निधनले संगठनलाई अपुरणीय क्षति पुर्याएको उल्लेख गरेका छन् ।

alo
alo
alo
alo