भूमिहीनका लागि लगत संकलन गर्दै जानकी

जानकी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि जानकीले लगत संकलन सुरु गरेको हो ।

स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी ३५ दिनभित्र स्थानीय तहबाट वड़ाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पेश गर्न अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए । आफूले आबाद कमोत गरेको जग्गाको नापनक्सा सम्बन्धित नापी टोलीबाट गराउन यो सार्वजनिक सूचना प्रकाशन गरिएको उनको भनाइ छ ।

Exit mobile version