पक्राउ परेका बैंकरहरु हाजिर जमानीमा छुटे

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना कर्मचारी (बैंकरहरु) हाजिर जमानीमा छुटेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनीहरुलाई हाजिर जमानीमा छोड्ने निर्णय भएको हो । 

राष्ट्र बैकको विज्ञ टोलीले अनुसन्धान गरिरहेको कारण सिआइबीले तत्काललाई दैनिक हाजिर गर्नुपर्ने सर्तमा उनीहरुलाई छोडेको हो । पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी बैंकका सिइओ तुलसीराम गौतम, कर्मचारीहरू मनोज न्यौपाने, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ रहेका थिए । उनीहरुलाई प्रहरीले छाड्ने निर्णय गरेको हो ।

Exit mobile version