बझाङ-१ को उपनिर्वाचनका लागि एमालेले सिफारिस गर्‍यो तीन जनाको नाम

नेकपा (एमाले) बझाङ जिल्ला कमिटीले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले प्रदेश कमिटी समक्ष उम्मेदवार सिफारिस गरेको हो । यसअघि उम्मेदवार भएका अफिलाल ओखेडा सिफारिस भएका छैनन् ।

दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरिएको बझाङ जिल्ला कमिटीले जानकारी दिएको छ । उक्त निर्वाचन क्षेत्र यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले जितेका थिए । उनी सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्री थिए । सवारी दुर्घटनामा उनको निधन भएपछि रिक्त रहेको स्थानमा चुनाव हुन लागेको हो ।

आगामी वैशाख १५ गते उपचुनाव हुँदैछ भने चैत २४ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

Exit mobile version