वाणिज्य : ५ सय ३ फर्म अनुगमन, ९७ लाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले चालु आ.व.को फागुन मसान्तसम्म ५ सय ३ वटा व्यवसायिक फर्मको अनुगमन गरेको जानकारी दिएको छ । उक्त अवधीमा अनुगमन गर्दा २ सय ९० वटा फर्म मात्रै सामान्य अवस्थामा रहेको फेला परेको कार्यालयका सूचना अधिकारी चौलागाईले बताए ।

वाणिज्य कार्यालयले चालु आ.व.को फागुन मसान्तसम्म सामान्य कैफियत भटिएका १ सय १५ वटा व्यवसायिक फर्मलाई सुधारको निर्देशन दिएको थियो । त्यस्तै, ९७ वटा व्यवसायिक फर्मलाई भने कार्यालयले जरिवाना गरेको सूचना अधिकारी चौलागाईले जानकारी दिए ।

वाणिज्य कार्यालयले चालु आ.व.मा अनुगमनका क्रममा फेला परेका खान अयोग्य, म्याद सकिएका ४ लाख ७८ हजार बढी मूल्यको मालसामान नष्ट गर्ने वा सम्बन्धित ठाउँमा फर्काएको बताएको छ ।

वाणिज्यले चालु आ.व.को हालसम्म २ लाख ५९ हजार जरिवाना गरेको, २ वटा व्यवसायिक फर्मको कारोबार रोक्काको कारवाही गरेको जनाएको छ ।

Exit mobile version