देउवाले गरे बाँकेका आशिषलाई नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीसम्बद्ध विद्यार्थी संगठन नेविसंघमा बाँकेका आशिष बर्मासहित ४१ जना केन्द्रीय सदस्य थप गरेका छन् । नेपाली कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले विभिन्न जिल्लाका ४१ जनालाई नेविसंघको केन्द्रीय सदस्य मनोनीत गरेका जानकारी दिएको हो ।

नेविसंघको महाधिवेशन हुन नसक्दा दुजाङ शेर्पाकै अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो । समितिमा यसअघि ७१० सदस्य रहेकोमा ४१ जना थपिएसँगै केन्द्रीय तदर्थ समितिको आकार ७४१ सदस्यीय भएको छ ।

Exit mobile version