निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

नेपालगन्ज आयुर्वेद जनरल अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा बर्दियाको बारबर्दिया – ३ मा शनिवार निःशुल्कआयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय ५० भन्दाबढी बिरामीको परिक्षण गरिएको आयोजक बारबर्दिया नगरपालिकानगर कार्यालय मगरागाडी आयुर्वेद औषधालय जयनगरले जनाएको छ ।

शिविरमा पाइल्स, फिस्टुला, भगन्दर, वातव्याधी, महिला सम्बन्धी सम्पुर्ण रोगहरु, जेष्ठ नागरिक सेवा, स्तनपाई कार्यक्रम तथा जनरल आयुर्वेद सम्बन्धी सम्पुर्ण रोगहरुको सेवा दिइएको डा. शिवराज सुवेदीले जानकारी दिए ।

बारबर्दिया नगरपालिका–३ रामपुरको वर्थिङ सेन्टरमा भएको आयुर्वेद विशेषज्ञ शिविरमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख छविलाल थारु, विशिष्ट अतिथिको रुपमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् नेपालगन्ज हेल्थ क्याम्पस र नेपालगन्ज जनरल आयुर्वेद अस्पतालका प्रबन्ध निर्देशक मैकुलाल बाल्मिकीले आयुर्वेद स्वास्थ्य सेवाको बारेमा बताएका थिए ।

शिविरमा आएका बिरामीहरुको आयुर्वेद चिकित्सकहरु डा. शिवराज सुवेदी, डा. मनोज कुमार यादवलगायतको टिमले स्वास्थ्य परिक्षण गरेका हुन् ।

संविधान सभा सदस्य वाल्मिकीले नेपालगन्ज जनरल अस्पतालले बाँके र बर्दियाका विभिन्न स्थानीयतहसँग समन्वय गरेर आयुर्वेदको विशिष्टकृत सेवा दिनतयार रहेको तथाआयुर्वेद स्वास्थ्य सेवाबाट जनसमुदायमा कसरी स्वस्थजीवनशैली अपनाउन अस्पतालले के–के सहयोग गर्न सक्छ भन्ने बारेमा आवश्यक सहयोग गर्ने बताए ।

स्वास्थ्य शिविरको उद्घाटन समारोहमा नेपालगन्ज आयुर्वेद जनरल अस्पतालको प्रशासन प्रमुख पद्मा थापा, संजय मल्ल, रजकअलि अन्सारी, मगरागाडी आयुर्वेद औषधालयका वरिष्ट वैद्य कमलेश पासवानको पनि सहभागिता रहेको थियो ।

Exit mobile version