गाडीले ठक्कर दिँदा मैटहवामा एकजनाकाे मृत्यु

गाडीले ठक्कर दिँदा मैटहवामा एकजनाकाे मृत्यु
काेहलपुर-१५ मैटहवामा गाडीले माेटरसाइकल र साइकललाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएकाे छ । उक्त दुर्घटनामा परि माेटरसाइकलकाे पछाडि सवार काेहलपुर-१५ कि अटानी थारुकाे मृत्यु भएकाे हाे ।
उपचारका क्रममा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । अर्का एकजना घाइते छन् । उनकाे उपचार भइरहेकाे छ । विपरीत दिशाबाट आएकाे गाडीले ठक्कर दिँदा दुर्घटना भएकाे जिल्ला ट्राफिक प्रही कार्यालयका बरिष्ठ सइ प्रवीण आचार्यले जानकारी दिए ।

Exit mobile version