वैदेशिक रोजगारको नाममा ११ लाखको ठगी

विनय दीक्षित

बाँके नरैनापुर गाउँपालिकाबाट वैदेशिक रोजगारमा जानका लागि रकम बुझाएका ६ जना युवाहरू एक वर्ष हुँदा पनि दुबई पुग्न सकेका छैनन् । नेपालगन्ज वडा नं.४ सल्यानीबाग बस्ने गोपाल क्षेत्री नामका ब्यक्तिले काठमाण्डौ सामाखुसी स्थित फिस्टेल ओभरसीज प्रालि मार्फत रोजगारीका लागि दुबई पठाइदिने भन्दै युवाहरूबाट करिब ११ लाख रूपैया ठगी गरेको खुलेको हो ।
नरैनापुर गाउँपालिका वडा नं.५ बस्ने अकबर अली नाउ, हनीफ दर्जी, रामपाल मौर्य, मनिराम गोडिया, मदनसेन गोडिया र सलमान शेष संग गरी जम्मा ११ लाख रूपैया ठगी गरि एजेन्ट क्षेत्री सम्पर्क विहीन भएको पीडितहरूले बताएका छन् ।

हामी फिस्टेल ओभरसीजका प्रोप्राइटर रेशम लामीछाने संग सम्पर्क गर्दा उनले एजेन्टलाई आफुले नचिनेको दावी गरे । पीडित मध्येका रामपाल मौर्यले भने, ‘रकम र पासपोर्ट बुझाउन काठमाण्डौ गएका बेला दुबैजना संगै भेटिएका थिए ।’ ‘अधिकाँश रकम निज एजेन्ट क्षेत्री घरमा नै पुगेर बुझेका थिए’, मदनसेन गोडियाले भने, ‘५० हजार रूपैया सोही अफिसमा काम गर्ने बल बहादुर पुनमगरको लक्ष्मीसनराइज बैंकमा रहेको खातामा पठाएको हुँ ।’

मंगलवार काठमाडौ सामाखुसी कार्यालयमा पुगेका गोडियाले आफ्नो रकम र राहदानी फिर्ताका लागि आवश्यक पहल गरी दिन आग्रह गरे । ‘म्यान पावर कम्पनीका प्रोप्राइटर लामिछाने पैसा अनियमितता गरेर अहिले दुबईमा छन् हामी आफै खोजी रहेको छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै अफिस इन्चार्ज बल बहादुर पुन मगरले भने, ‘पीडितहरूको संख्या निरन्तर बढ्दै गएको छ ।’
विभिन्न प्रयास पछि दैनिक नेपालगन्जको सम्पर्कमा आएका एजेन्ट गोपाल क्षेत्रीले अफिसले गरेको त्रुटिमा आफु पनि दोषी भएको स्वीकार गरे । ‘मैले रकम पठाएको छु काम भएको छैन’, दैनिक नेपालगन्ज संग क्षेत्रीले भने, ‘मानवीय आधारमा मैले केहि समय पाएँ भने रकम र राहदानी सबै फिर्ता गर्छु ।’ वैदेशिक रोजगारको नाममा भइरहेको ठगी विरुद्ध प्रहरीमा उजुरी पर्ने क्रम तीब्र रहेकै बेला फिस्टेल ओभरसीज प्रालिको ठगी बाहिर आएको हो ।

Exit mobile version