माओवादी केन्द्रका उपाध्यक्ष महरा रुपन्देहीबाट पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनी रुपन्देहीबाट पक्राउ परेका हुन्।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले सुन तस्करी प्रकरणमा महरालाई कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान पूर्व सभामुख समेत रहेका  महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।  
गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए।

Exit mobile version