महरा पक्राउबारे ओलीको टिप्पणी, `माओवादी पक्राउ पर्दैनन्, सुन तस्कर पक्राउ पर्ने हुन्´

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन् ।  प्रेस चौतारी नेपाल कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन । 
सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरूले राखेका जिज्ञासामा ओलीले भने,‘सोमबार माओवादीका नेता पक्राउ परेका होइनन् । माओवादीका नेता पक्राउ पर्दैनन् तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन् ।’ 
उनले त्यतिबेला नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर राखेको अडान अहिले पुष्टि भएको जिकिर गरे । ‘त्यतिबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौं,तर कांग्रेसले २ महिला ढिलो गरिदियो,’ उनले भने ।

Exit mobile version