नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले संगठित सदस्यहरूको वैचारिक र सैद्धान्तिक ज्ञान बढाउने उद्देश्यले पहिलो पटक आधारभूत तहको परीक्षा लिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा एकैपटक आधारभूत तहको परीक्षा गरिएको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका ९८३ वडामा एकै पटक आधारभूत तहको परीक्षा गरिरहँदा नेकपा एमालेका संगठित सदस्यहरू उत्साहित देखिएका छन् । पार्टीको आधिकारिक लाइन, विचार, सिद्धान्त र रूपान्तरणका पक्षमा पार्टीले पु¥याएको योगदान तथा विगतदेखि हालसम्म कम्युनिष्ट आन्दोलनको चित्रण लगायतका खुराक कार्यकर्ताले पाउने गरी प्रश्नपत्र तयार गरी परीक्षा लिएको थियो ।
अध्ययन गर्ने र पार्टीको इतिहासबारे जानकारी लिएर बहस गर्न सक्ने कार्यकर्ता उत्पादन गर्ने उद्देश्यसमेत बोकेर आधारभूत तहको परीक्षा लुम्बिनी पार्टी कमिटीले पहिलो पटक लिँदै गर्दा यसलाई अन्य प्रदेशमा समेत लागू गरिने जनाइएको छ ।
‘बाँकेमा नेकपा एमालेका ५ हजार ३ सय संगठित सदस्य हुँदा लुम्बिनी प्रदेशमा ८६ हजार २५० संगठित सदस्य छन्’, एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले भने, ‘उनीहरूको ज्ञान बृद्धि गरी पार्टीलाई सुदृढ पार्टी बनाउन यस्ता खालका परीक्षा र प्रशिक्षण सहयोगी सिद्ध हुने एमाले कार्यकर्ताहरूको विश्वास छ ।’
परीक्षामा केन्द्रीय नेतादेखि वडातहसम्मका संगठित सदस्यहरूको सहभागिता हुँदा उत्साहित देखिन्थे । २००६ साल बैशाख १० गते पुष्पलाल श्रेष्ठ नेतृत्वको स्थापना भएको पार्टी लोकतान्त्रिक आन्दोलनको एक हिस्यदार र इतिहास बोकेको बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित छ ।
एमालेको आफ्नो गाउँ आफै बनाऔं, जनताको बहुदलीय जनवाद चर्चित छन् । १० औं महाधिवेशनसम्म आइपुग्दा पार्टीले संगठन विस्तार र विभिन्न पटक सरकारको नेतृत्व गरिसकेको छ । परीक्षाले संगठित सदस्यहरूको अवस्था मूल्यांकन गर्ने र आगामी दिनमा कस्ता खालका परीक्षण संचालन गर्ने कुराको निक्र्योल गर्ने जनाइएको छ ।