हावाहुरीका कारण विमानस्थलस्थित टर्मिनल भवनको सिसा फुट्यो

मंगलबार दिउँसो चलेको हावाहुरीले नेपालगन्ज विमानस्थलको टर्मिनल भवनका सिसा फुटेका छन् । यसबाट मानवीय क्षति भने भएको छैन ।

टर्मिनलभत्र जाने ढोकाको सिसा फुटेको विमानस्थल सुरक्षा गार्डका वरिष्ठ सई सन्तोष शाहले जानकारी दिए । ‘टर्मिनलको एउटा ढोकाको सिसा फुटेको छ,’ उनले भने, ‘ठूलो क्षति होइन सामान्य हो ।’ उनका अनुसार हावाहुरी लाग्दा एक छिन उडान प्रभावित भएको थियो । अहिले नियमित उडान भइरहेको छ ।

Exit mobile version