पाठेबाघकाे छालासहित एकजना पक्राउ

दुर्लभ पाटेबाघकाे छालासहित प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ । नेपालगन्जकाे पुष्पलाल चाेकमा सञ्चालित एक हाेटेलबाट सुर्खेत बराहताल-२, का २८ वर्षीय चन्द्रबहादुर कार्कीलाई प्रहरी मंगलबार पक्राउ गरेकाे हाे ।
उक्त हाेटेलकाे तेस्राे तला काेठा नम्बर १ मा उनी भाडा लिइ बसेका थिए । पाँच फिट नाै इन्च लम्बाइ र तीन फिट दुई इन्च चाैडाइ भएकाे पाठेबाघकाे छालासहित उनलाई पक्राउ गरिएकाे बाँके प्रहरीले जनाएकाे छ ।

Exit mobile version