तस्करी गरिएको साढे चार लाख बढीको मालसामान नियन्त्रण

प्रहरीले दुई दिनमा भन्सार छलेर भित्र्याईको साढे चार लाख बढीको मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार र आज बिहीबार गरी भन्सार ४ लाख ३४ हजार १ सय ४० मूल्य बराबरको भन्सार छलेर ल्याएको मालसामान बरामद गरेको जानकारी दिए ।

प्रहरीका अनुसार, भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउदै गरेको अवस्थामा कपडा, प्रफ्युम (सेन्ट), जुत्ता, चिनी, सुर्ती, लागायतका समानहरु बरामद भएको हो ।

बरामद मालसामान भन्सार कार्यालयले बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Exit mobile version