गृहमन्त्रीको राजीनामा माग्दै राँके जुलुस निकालेको नेविसंघ र प्रहरीबीच झडप

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

राँके जुलुस देखाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे’सहितका नारा लगाएका थिए । नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको छ ।

Exit mobile version