पूँजी बढाउँदै वेष्टर्न रियल स्टेट

वेष्टर्न रियल स्टेट प्रा.लि.ले आफ्नो अधिकृत पूँजी ३० करोड पुर्याउने घोषणा गरेको छ । शनिबार भएको वेष्टर्नको अधिवेशनले १० करोड पूँजी थप गर्ने निर्णय गर्दै अधिकृत पूँजी ३० करोड पुर्याउने घोषणा गरेको हो ।

संस्थाले नयाँ सञ्चालक समिति चयन गर्दै रियल स्टेटलाई हाउजिङ्गमा व्यवसायिक रूपले अगाडि बढाउने निर्णय गरेको नवनिर्वाचित सञ्चालक समिति सदस्य इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । ‘कम्पनीलाई बृहत रूपमा अगाडि बढाउन तत्काल पूँजी वृद्धिको नीति लिइएको छ’, ज्ञवालीले दैनिक नेपालगन्ज सँग भने ।

प्रमुख निर्वाचन अधिकृत प्रल्हाद बहादुर कार्कीका अनुसार, अधिवेशनबाट ज्ञवाली सहित कोशलराज नेपाल, मेयर सिंह खत्री, नारायणदत्त ढकाल, लेखनाथ सापकोटा, पप्पु तमोली, वीर बहादुर विक, अवनिश अग्रवाल र रामकरण भुज सञ्चालन समिति सदस्यमा निर्विरोध विजयी भएका छन् ।

Exit mobile version