एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्यमुख्य समाचार शीर्षक

•           प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक बाँकेका चारजना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा गरेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत, लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुरका डिएसपी दिपकबहादुर साह, नेपाल प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन शाखा नेपालगन्जका डिएसपी नवराज पोखरेल र ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीको सरुवा गरेको हो ।

•           नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्षसमेत रहेका नेकपा एमाले बाँकेका सहसचिव दिपककुमार बर्माले नेपालगन्जमा रिङ रोड बनाउन सरकारसँग माग गरेका छन् । नेपालगन्जमा रहेका उपप्रधान तथा भौतिक पूर्वाधार,  यातायातमन्त्री रघुवीर महासेठसँग उनले रिङ रोडको आवश्यकता रहेको औंल्याउँदै ध्यानाकर्षण गराएका हुन् ।

•           बुधबार राति नेपालगन्ज भन्सार कार्यालयको व्यारियरमा ठोकिएर नेपालगन्ज-१८ का २४ वर्षीय सुरज बर्माको मृत्यु भएको छ ।

•           नेकपा एमाले बाँकेले जिल्लामा सञ्चालित अधुरा र अलपत्र योजना पूरा गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएको छ ।

•           जिल्ला प्रशासन कार्यालय बाँकेले मर्यादितरुपमा होली पर्व मनाउन आह्वान गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सूचना जारी गर्दै होलीमा उच्छृङखल गतिविधि गरेर कानुनबमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् ।

•           जबरजस्ती करणी मुद्धामा फरार रहेका नेपालगन्ज-१५ का ३२ वर्षीय छोटु गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

•           प्रहरीले दुई दिनमा भन्सार छलेर भित्र्याईको साढे चार लाख बढीको मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार र बिहीबार गरी भन्सार चार लाख ३४ हजार एक सय ४० मूल्य बराबरको भन्सार छलेर ल्याएको मालसामान बरामद गरेको हो ।

Exit mobile version