रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते

रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त हमलामा परी १४५ भन्दा बढी घाइत भएका छन् ।
शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले लेखेको छ ।
आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

Exit mobile version