भ्रष्टाचारविरुद्ध गोलः उद्योगी व्यवसायीनै आमने–सामने

कसले उचाल्छ उपाधी ?

दैनिक नेपालगन्ज

नेपालगन्जमा जारी पेशाकर्मीहरुबीचको फुटबल प्रतियोगितामा बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य संघ उपाधीका लागि भिड्ने भएका छन् ।

आज आइतबार हुने फाइनल खेलका लागि शनिवार भएको सेमिफाइनल खेलबाट बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य संघ विजयी भएका हुन् ।

नेपालगन्ज ग्यालरीको आयोजनामा नेपालगन्जमा जारी विभिन्न पेशाकर्मीहरु बिचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चौथो दिनको सेमीफाइनलका खेलहरुमा बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य संघ विजयी भएको आयोजकले जनाएको छ ।

भ्रष्टाचार बिरुद्ध मेरो एक गोल भन्ने मुल नारा सहित शनिबार बिहान भएको खेलमा बाँके अटो मोबाइल्स एसोसियसनले बास नेपाललाई पराजित गर्दै र नेपालगन्ज उद्योग बाणिज्य संघले कर्मचारी मिलन केन्द्र बाँकेलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

सेमी फाइनलको दुवै खेल नै निर्धारित समय सक्किदा बराबरी भएपछि टाइब्रेकरमा गएको थियो र पेनाल्टी शूट आउटमा उक्त टिमहरु बिजयी भएका थिए ।

खबरगन्ज र बास नेपालको सह–आयोजनामा पुष्पलाल चोकस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण (प्रहरी ब्यायामशाला) को खेल मैदानमा बुधबार देखि प्रतियोगिता भैरहेको छ ।

पेशाकर्मीहरु बिचको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको अन्तिम दिन आज शनिवार फाइनल खेल बिहान ८ बजे बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्य संघ बीच हुने नेपालगन्ज ग्यालरीका संस्थापक समिरमान श्रेष्ठले जानकारी दिए । ‘उपाधी उचालेर भ्रष्टाचारविरुद्ध हाम्रो प्रतिबद्धता र आन्दोलनलाई बलियो बनाउनु छ,’ बाँके अटोमोवाइल्सका अध्यक्ष नरेन्द्र ओलीले दैनिक नेपालगन्जसँग भने ।

Exit mobile version