होली खेल्दा अपनाउनुपर्ने सावधानी

डा अरुण कुमार सिंह

होली खुसीको पर्व हो। होलीको दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर एक अर्कालाई रङ्गिन बनाउँछन्। पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन पनि छ। सानो सानो नानीहरूदेखि वृद्धवृद्धासम्म सबै होलीको मजा लिने  गर्छन्। युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन्। होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्ने गर्छन्। होली  पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ।

होली पर्व घरपरिवार-साथीभाई आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी पुरानो बिबाद झगडा  बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ।वयस्ककालागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो।

बालबालिकाले पिच्कारी अनि सानासाना बेलुनहरुमा  रंगहरु भरेर एक अर्का माथि हाल्ने गर्छन। पिच्कारी बजारमा किन्न पनि पाउछ।  तराई तिर बाँस काटेर त्यसका ढोडबाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि प्रयोग गरिन्छ।

होली रंगहरुको पर्वमा स्वास्थ्य समस्या झेल्नु पर्ने भएको हुनाले साबधानी पुर्बक ख्ल्नु नै उतम हो  । होलीमा उपयोग गरिने रंग, अबिरमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ। त्यसैले रंग वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर सचेत हुन जरुरी छ।

रंग जथाभावी खेल्दा आँखामा  रंग गइ आँखाको दृष्टि गुम्न सक्छ।
कानको जाली फुट्न सक्छ।,
एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्।
होली पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा हुन्  सक्छन  ।
फोहोर पानीले लोला हानियो भने त अन्य थुप्रै समस्या निम्तिन सक्छ।
धेरैजसो व्यक्तिमा छाला पोल्ने हुन्छ।
अबिरमा एसबेस्टस र अभ्रखसमेत मिसाइन्छ, यो हानिकारक हुन्छ  ।
अबिरले  खेलाउँदा दम वा छाला र आँखामा जलन र संक्रमण हुन सक्छ।
 छाला चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुन सक्छ।
डन्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्न सक्छ।  
छालाको रंग परिवर्तन हुने गर्छ
छाला सुक्खा हुने समस्या देखिने हुन्छ।
रंगहरुमा मिसाइएको विभिन्न रसायनले छालाको भित्री सतहलाइ क्षती पुराउने हुन् सकिछ।
रंगहरुमा वाइल कलर, केमिकल डाई वा अन्य विषाक्त पदार्थ हुने भएकाले रंग खेल्दा साबधानी अपनाउनु पर्छ।।
रंगहरुमा रसायनहरू मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ।
रंगमा ‘हेभी मेटल्स’ र विषाक्त पदार्थ हुन्छ।
आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ।  
चम्किलो रंग क्यान्सरको कारक हुन सक्छ।

कसरी बचाउने ?

-होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंग/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ।
 -टोपी लगाउनुपर्छ।

-शरीरभरि तेल वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ र  रंग छालाभित्र जान पाउँदैन।
-कपालमा तेल दल्नु पर्छ।
-नङ काटेर पालिस लगाउँदा नोक्सानीबाट बच्न सकिन्छ।
आँखामा रंग जान्न बाट बचाउन चश्मा को प्रयोग गर्न सकिन्छ।
-आँखामा रंग वा कुनै रसायन परे तुरुन्त सफा गर्नुपर्छ।
– पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ।
-आँखा धुनुपर्छ, जोडले पानी छयाप्ने न गर्नु पर्ने गर्नुपर्छ।
-तर यदि तपाईको होली को रग ले कुनै न राम्रो असर परे भने चिकिस्तक सँग सल्लाह अवशय लिनु जरुरी छ।

[स्वास्थ्य खबरबाट]

Exit mobile version