नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मातहतका प्रहरी युनिटमा उक्त परिपत्र गरिसकिएको राससलाई जानकारी दिनुभयो । “त्यस कार्यालय तथा मातहतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ”, परिपत्रमा भनिएको छ । प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा रोक
- Dainik Nepalgunj
- Categories: News
Related Content
प्रदेश नीति कार्यक्रमबारे सुझाव संकलन गरिंदै
by
Dainik Nepalgunj
May 16, 2024
बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
by
Dainik Nepalgunj
May 16, 2024
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु-याउने लक्ष्य
by
Dainik Nepalgunj
May 15, 2024
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
by
Dainik Nepalgunj
May 15, 2024
चितुवाको आक्रमणबाट बर्दियाको बनखेत गाउँमा तीन जना घाइते
by
Dainik Nepalgunj
May 15, 2024