गोदाममै भन्सार छलेर भण्डार

भन्सार छलेर ल्याइएको सामान भण्डारण गरिराखेको गोदाममै प्रहरीले छापा मारेको छ । त्यसक्रममा बाँके प्रहरीले भन्सार छलीको करिब साढे १० लाख रुपैयाँको अवैध सामग्री बरामद गरेको जनाएको हो ।
बुधवार बिहान नेपालगन्जस्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार छली गरेर राखिएको अवस्थामा नेपालगन्ज–७ गगनगन्जमा रहेको गोदाममा छापा मारेको थियो ।
जिल्ला प्रहरी बाँकेले दिएको जानकारी अनुसार, असरफ अन्सारीको घरमा एक व्यक्तिले भाडा लिएर भण्डारण गरेर राखिएको अवस्थामा १० लाख ४३ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित ठूलो परिमाणमा भिटामिन औषधि बरामद गरिएको छ ।
बाँके प्रहरीका अनुसार, बरामद गरिएको सामग्रीहरुमा ४४३ थान कुर्ता सुरुवाल र भिटामिन क्याप्सुल ३ हजार पत्ता रहेका छन् । प्रहरीले बरामद गरेका सबै अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ ।

Exit mobile version