जानकीमा डकैती, अनुसन्धान गर्दै प्रहरी

बाँकेको जानकी गाउँपालिकामा एक व्यक्तिको घरमा डकैती भएको छ ।

बिहीबार विहान २ बजेतिर ८/१० जनाको समूहले जानकी गाउँपालिका वडा नं. ६ मा लोकेन्द्र बहादुर बुढा क्षेत्रीको घरमा लुटपाट गरेका हुन् ।

हातहतियार समेत रहेका डाँकाहरुले बुढालाई कुटपिट गरेर लाखौंको धनमाल लुटेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि नेपालगन्ज र जानकी गाउँपालिकाको सीमामा पर्ने इन्द्रपुरमा एक व्यक्तिको हत्या गर्दै धनमाल लुटपाट भएको थियो । हातहतियार आएको डाँकाको समूहले कुटपिट गर्दा सन्तोष कठरिया थारुको मृत्यु भएको थियो । घटनामा सन्तोषकी श्रीमति घाइते भएकी थिइन् । उक्त घटनामा प्रहरीले अहिलेसम्म दोषी पक्राउ गर्न सकेको छैन ।

Exit mobile version