नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।
सुनको मूल्य तोलामा रु एक हजारले बढ्यो
- Dainik Nepalgunj
- Categories: News
Related Content
मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम
by
Dainik Nepalgunj
September 16, 2024
तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन मुख्यमन्त्रीको निर्देशन
by
Dainik Nepalgunj
September 16, 2024
अख्तियारको प्रतिवेदनः एक हजार पाँच सय ५४ प्रतिवादी
by
Dainik Nepalgunj
September 16, 2024
वनक्षेत्रमा विस्तारित सडकले वन्यजन्तुको बासस्थान साँघुरिदै
by
Dainik Nepalgunj
September 16, 2024
अख्तियार कोहलपुरमा १ सय ११ उजुरी
by
Dainik Nepalgunj
September 16, 2024