चोरी मुद्दाको फरार पक्राउ

चोरी मुद्दामा अदालतबाट सजायको फैसला भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गा.पा. ८ फत्तेपुर बस्ने वर्ष २१ को गौरव कुमार थारुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले थारुलाई जिल्ला अदालत बाँकेको २०८० बैशाख १९ गतेको फैसलाले चार पटक चोरी मुद्दामा ८ बर्ष ८ महिना २८ दिन कैद सजाय र रु. ६० हजार जरिवाना तोकिएको जानकारी दिएको छ ।

फरार थारुलाई शुक्रबार बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version