इत्तेहादद्वारा सामूहिक ‘रोजा इफ्तार’

नेपाल मुस्लिम इत्तेहाद संगठन बाँकेले आइतबार सामूहिक रोजा इफ्तार कार्यक्रमको आयोजना गर्यो । संगठनले इस्लामिक धर्मावलम्वीहरूको रोजा (व्रत) चलिरहेका बेला आइतबार साँझ इफ्तार (व्रत खोल्ने) कार्यक्रमको आयोजना गरेको हो ।

रोजा इफ्तार कार्यक्रमका प्रमुख अतिथि, संगठनका संस्थापक तथा सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपालगन्ज धार्मिक सद्भावको सहर भएको बताए । उनले सम्पूर्ण धर्मावलम्वी मिलेर बसेको नेपालगन्ज सद्भावको उदाहरण भएको बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपाध्यक्ष मोहम्मद हारुन, केन्द्रीय सदस्य शान्ति ढकाल, पशुपति दयाल मिश्र, एमाले बाँकेका अध्यक्ष किसमत कुमार कक्षपति, मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष सफिक नद्दाफ, उपाध्यक्ष सगिर, सचिव गुलाम हुसैन कादरी, अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्मा लगायत राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
इत्तेहाद संगठनले रोजा बसेका तथा सहभागी अथितिहरूलाई रोजा इफ्तारमा सहभागी गराएको थियो । मुस्लिम इत्तेहाद संगठन केन्द्रीय कोषाध्यक्ष करीम खान, मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेश अध्यक्ष शाकील खान लगायत नेता कार्यकर्ताको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
इफ्तार कार्यक्रमको उद्घाटन शकिल अहमद कादरीले कुरआनको तिलावतबाट गरेका थिए ।

Exit mobile version