बाँके : हतियार नियमन गरिंदै

जिल्ला प्रशासन कार्यालयले हातहतियार नियमन गर्ने भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले नविकरण नगरिएका हतियार ३५ दिनभित्र नविकरण गर्न सूचना जारी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सूचना जारी गरेर इजाजत पत्र लिएका व्यक्ति÷सस्थाहरूले नियमानुसार नविकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति÷संस्थाले नविकरण गराएको अभिलेखबाट नदिखएको हुँदा सूचना प्रकाशित भएको मितिले मितिले ३५ दिन भित्र अनिवार्य नविकरण गर्न जानकारी गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले ५ वर्ष भन्दा बढी नविकरण नगरी म्याद गुजार्नेहरूको हकमा हातहतियार र इजाजत पत्र यस कार्यालयमा अनिवार्य बुझाउनुहुन सूचित गर्दै त्यसो नगरे प्रचलित कानुन बमोजिम कारवाही भैजाने चेतावनी दिएको छ ।

Exit mobile version