जनआन्दोलन, सयुक्त जनआन्दोलन र कम्युनिस्टहरू

थालनी आगतबारे चर्चा गर्दा विगत नियाल्नु वा विवेचन गर्न अनिवार्य हुन्छ । इतिहासका धावनमार्ग दण्ड र पुरस्कारको पिच बनेर कालान्तरमा मानव सभ्यतामा फेरिदै जान्छन् । इतिहासवोध जरुरी हुन इतिहासकै आग्रहहीन विद्यार्थी हुनु पहिलो सर्त हो । हरेक घटनाका पृष्ठभूमिमा कार्य र कारण
हुन्छन् । परिणाम त इतिहासका सुन्दरता वा कचरा जे पनि हुन सक्छ ।

आग्रही दिमागले इतिहासलाई आत्मसात गर्ने अनुमति दिँदैन । शासकहरूलाई वर्तमानले टोक्छ । अणु र परमाणु दुबै भएकाले इतिहास विर्सन चाहे पनि कसैले उसलाई विर्सन सक्दैन, पाउँदैन । कसैलाई न माफ गर्छ न विर्सन नै दिन्छ । तर इतिहासको वाणी दिने वा व्यवस्थापन गर्ने काम भने पक्षधारिता अनुसार भइरहन्छन् । परिणामलाई नियालेर मात्र घटनालाई पारेका प्रभाव किटान गर्न सकिँदैन् । कवि अबु ताालिबलाई उद्रित गर्दै “मेरा दागिस्थान” कृतिमा साहित्यकार रसुल हम्जातोभ भन्छन्– ‘जसले इतिहासलाई पेस्तोलले हान्छ उस्को भविष्यलाई बमले उडाइदिन्छ ।’

म यस पत्रमा अन्तर्राष्ट्रिय अभ्यास नभै देशमै भएका २००७÷०८, ०३५÷३६, ०४६÷४७, २०६२÷६३ का जनआन्दोलन र सयुक्त जनआन्दोललाई सन्दर्भ बनाएर थप कम्युनिष्टहरूका भूमिका अध्ययन केन्द्रित हुनेछु ।

जनआन्दोलन विद्रोह, असन्तोष, द्वन्द्व, आन्दोलन, संयुक्त जनआन्दोलन फरकफरक विषय हुन् । रूप र चरित्र फरक भए पनि समाज विकासमा द्वन्द्व अनिवार्य नियति हो । सो असन्तोष झाँगिएर एउटै थलोमा पुग्दा आन्दोलन बन्न पुग्छ । सत्ता यथास्थिति नखजबजियोस् भन्ने चाहन्छ भने समाज सधै परिवर्तन खोजिरहन्छ । नित्य नयाँ चाहना समाजिक मनोभाव हो । यथास्थिति बचाउन सत्तासँग सेना, अदालत, धर्म र परम्परागत मान्यता हुन्छन् । त्यसलाई मिहिन पाराले नियालिरहेका एकाध मान्छेले देखेका सपनाहरू समाजले ह्वात्तै एकै पटक देख्न थाल्यो भने आन्दोलनमा फेरिन्छ । सडक र भित्ताहरू चिच्याउन थाल्छन । कमजोर तप्का समूहमा निक्लिएर बहादुर बन्छन् । आन्दोलन बन्नु पहिला विद्रोहका भुल्काहरू देखिन सक्छ । सत्ताले दवाउन आफ्ना समग्र संयन्त्र प्रयोग गर्छ । जव संयन्त्र फेल असक्षम भएर विद्रोह क्रान्तिमा फेरिन्छ ।

हरेक सामाजिक द्वन्द्व, असन्तोष, विद्रोह जनआन्दोलनमा फेरिन भने सक्दैनन् । आन्दोलनलाई जनआन्दोलनमा फेरिन समय लाग्छ । वैचारिक नेतृत्व आवश्यक हुन्छ । नेतृत्वको नैतिक पुँजी र इच्छाशक्तिले जनविश्वास बढ्दा भिड जनतामा फेरिएर आन्दोलन बन्ने हो । आन्दोलन बन्नु पहिल्यै आन्दोलनको भ्रूणहरू देखा परिसकेका हुन्छन् । २००७ सालअघिनै अछामका बाँकाबिर, गोरखाका लखन थापाले अलख जगाएपनि प्रचण्ड गोरखाका मैनाबहादुरको सहादतले अझ थप उर्जा थप्यो । मकैका खेतीका लेखक कृष्णलालको सहादतले बौद्धिक र साहित्यक क्षेत्रमा हलचल मचायो । योगमायाका जल समाधीले तरङ्ग ल्यायो । यी सबैको सङ्गालो हो दशरथ चन्द अगुवाइको प्रजा परिषद्को स्थापना र भूमिका ।

पहिलो राजनीतिक दल प्रजा परिषद् भएता पनि १९९७ को मूल नेतृत्व दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमालाई फाँसी र टंकप्रसाद आचार्यहरूको जेलले गर्दा त्यो आन्दोलनमै फेरिन सकेन । दोस्रो विश्वयुद्ध सकिएको थियो, भारतबाट अङ्ग्रेजले झिटीगुन्टा कसेर बेलायत फर्किसकेका थिए । पुरानो चीन, लाल चीन बनिसकेको थियो । त्यस्तो बेला नेपाल परिवर्तनबाट अछुतो हुन सक्दैनथ्यो । नेपाली काँग्रेस स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काँग्रेस (नेराका) र नेपाल प्रजातान्त्रिक काँग्रेसको (नेप्रका) एकिकरणबाट भयो । नेप्रकामा रहेका पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २००६ वैशाख १० मा भएको हो । काँग्रेस र कम्युनिष्ट दुवै पार्टीको जन्म कलकत्तामा भएको हो ।

२००७ सालको आन्दोलन काँग्रेसको नेतृत्वमा भएपनि काँग्रेसमा कयौँ भेट्रान कम्युनिष्ट पनि थिए । निर्मल लामा त पार्टी कार्यालय सचिव नै थिए, क्रान्तिमा दैलेख मोर्चा सम्हालेर बडाहाकिम नै बने । रुपसिंह सिजापति सुदुर पश्चिमका कमाण्डर नै थिए । किसान नेता भीमदत्त पन्त डडेल्धुराका बडाहाकिम नै थिए । भैरहवा मार्चामा लडेका रुकुमका कामी बुढा र दैलेखका भवानीप्रसाद अधिकारी कालान्तरमा पहिलो कम्युनिष्ट सशस्त्र संर्घषका प्रणेता नै बने । उनीहरूको कार्यक्षेत्र राप्ती र कर्णाली थियो । क्रान्तिको आधारभूमि किसान बन्यो । पर्सा, बारा रौतहटमा “रे नही जी कहो”, बाँके–बर्दियामा लोकाभार किसान आन्दोलन र कैलाली कञ्चनपुरको पन्तको आन्दोलन, राप्ती र कैलालीमा कामी बुढाको सशस्त्र आन्दोलन, पूर्वमा रामप्रसाद राईका आन्दोलन सबै २००७ सालको क्रान्तिको अघोषित सयुक्त आन्दोलन थियो ।

जिम्दार संगठनको उक्साहटमा कम्युनिष्ट आतङ्क भन्दै किसान आन्दोलनलाई दवाउन बाँके–बर्दियामा .२९ चैत्र २००७ मा भारतीय सेना बर्दियाको राजापुरदेखि .बाँकेको कटकुइयामा किसानमाथी दमनमा उत्रियो । यातनाबाट पिडारीका बैजनाथ थारु, उचुवाका दुलारे पण्डित र धम्बुझीका राजाराम कुर्मीको मृत्यु भयो । आन्दोलनका नेता बाबुकृष्ण शर्मा, गोपालबहादुर श्रेष्ठ, ललित चन्द, बदलुराम हलवाई र.प्रेमलाल गरिफ्तार गरी बैसाख ४ गते बहराइच जेल (भारत) चलान गरिए । बन्दी नेता ६ महिनापछि २००८ भदौ २५ गते हस्तान्तरण गरेर काठमाडौंबाट रिहाई गरियो ।..त्यस्तै .भैरहवा अर्थात् स्युराजभजनीमा डा.केआइ सिह विद्रोह दवाउन २००८ चैत्र र कैलाली–कञ्चनपुरमा भीमदत्त पन्तको आन्दोलन दवाउन २०११ साल श्रावणमा भारतीय सेना
आए ।

कामीको जुम्ला (२०१०साल असोज फुलपातीको दिन) र पन्तको डडेल्धुरामा (२०११ श्रावण २०) हत्या भयो । पन्तको टाउको काटिएर बाँसमा झुण्डयाएर ३ दिन डडेल्धुरामा प्रदर्शन गरियो । रामप्रसाद राई विर्सन नसक्ने नाम बन्यो । ती सबै २००७ सालका योद्धा थिए । मूलत ०७ सालको आन्दोलन गर्ने नेपाली काँग्रेसको एकल नेतृत्व भन्दा पनि त्यसबेला क्रान्तिकारीहरूको सयुक्तमोर्चा अर्थात् युनिटी अफ रिभोलुशनरी सिण्डिकेट मान्न सकिन्छ । ०३५÷३६ को विध्यार्थी आन्दोलन कालान्तरमा पञ्चायत विरुद्धको आन्दोलनमा फेरियो । जनमत सङ्ग्रहमा अडिटवादी ह्याङ ओभरले ग्रसित काँग्रेस सयुक्त मोर्चा बनाउन तयार भएन । त्यसबेलासम्म कम्युनिष्टहरू पनि अनेकौ गुट उपगुटमा फेरिएका थिए । शक्तिशाली कम्युनिष्टहरू नेकपा चौथो महाधिवेशन (चौम) र नेकपा मालेले प्रथम प्रहरमा जनमत सङ्ग्रह बहिस्कार गरे । निर्वाचन नजिकिदै जाँदा चौमले पहिला र केहीपछि मालेले पनि तुलनात्मक बहुदल प्रगतिशील भनेर उपयोग ग¥यो । मनमोहन र पुष्पलाल समूहले भने जनमत सङ्ग्रहमा सुरुदेखी नै सहभागी भए । यस बीचमा राजनीतिक सङ्घर्षहरू विभिन्न रूपमा भैरहेका थिए । मालेले कार्यनीतिमा वर्गशत्रु सफाय अभियान फिर्ता लिइसकेको थियो तर मजदुर किसान पार्टीको ससक्त किसान सङ्घर्ष भने जुठपानी, जुगेडी र माडी सङ्घर्ष चलायो । नेपालमा पहिलो गणतन्त्रका नारा घन्काउने रामराजाप्रसाद सिंह र खेमराज मायालुको समुहले ०४२ सालमा बमको भाषामा व्यवस्था विरुद्ध देखा प¥यो । त्यसलाई नै कारण बनाउदै नेकाले सुरु गरेको सत्याग्रह कार्यक्रम स्थगित ग¥यो ।

सयुक्त जनआन्दोलन
समाजमा धेरै मूल्य, मान्यता र दर्शन आधारित पार्टी वा समूह एकैसाथ सक्रिय हुन्छन् । ती सबै सत्तासँग असन्तुष्टिले एकमुष्ट मूल विषयमा केन्द्रित भएर समान शत्रु विरुद्ध उत्रिदा सयुक्त जनआन्दोलन बन्न पुग्छ । आन्दोलनका रुप र चरित्र पनि चिन्तन अनुसार भिन्नाभिन्नै हुन सक्छन् । पूर्वनिर्धारित तरिका र सुत्रले मात्रै आन्दोलन चल्दैन । आन्दोलनले आन्दोलन सिकाउँछ । प्रत्यक्ष देखिने र हुने वास्तविक संयुक्त जनआन्दोलन भने ०४६÷४७ र ०६२÷६३ मा भए । ०४६सम्म पुग्दा काँग्रेसलाई कम्युनिष्टसँगको छोइछिटो अन्त भैसक्या थियो । त्यसको अगुवाई गणेशमान सिंहले गरे । ०४६÷४७ को जनआन्दोलनमा काँग्रेस र ७ कम्युनिष्ट पार्टीको सयुक्त वाम मोर्चा एकातर्फ थियो भने अर्कातर्फ ४ कम्युनिष्ट घटकको अर्को मोर्चा । पहिलो घटकको ०४६ को फागुन ६ र ७ सुरु भयो भने दोस्रो घटकको नेतृत्व मशालको अगुवाई २०४६ मंसिर २० गते चितवनको वीरेन्द्र क्याम्ससको हाताबाट । यी दुवै मोर्चा एकाकार त भएनन् तर पंचायत विरुद्धको कार्यक्रमिक टकराव आपसमा थिएन ।

०६२÷६३ को सयुक्त जनआन्दोलनको रुप र चरित्र भने फरक थियो । त्यसको मुख्य आधार र नेतृत्व माओवादीकै थियो । महत्वपूर्ण भूमिकामा काँग्रेस रह्यो । परिस्थितिलाई परिपक्क दरबार हत्याकाड र नयाँ राजा ज्ञानेन्द्रको अहङ्कार र असफल नेतृत्वले थप बल पु¥यायो । तब सयुक्त जनआन्दोलन सशस्त्र संर्घष र जनआन्दोलनको फ्युजन बन्न पुग्यो । त्यस आन्दोलनले सरकारमात्रै नभै सत्ताको आमूल चरित्र नै फेरिदिएर नयाँ संविधानमा गणत्रन्त्र, संघियता, धर्मनिरपेक्ष, र समानुपातिक निर्वाचन प्रणालीको आधारभूत प्रस्तापना ग¥यो ।

हरेक आन्दोलनको सफलता, अर्धसफलतासँगै समाजका विभिन्न रूप र चरित्रहरू सतहमा देखा पर्छन् । राष्ट्रिय राजनीतिमा नयाँ अनुहारको नेतृत्व देखिन्छ तर उसले कति आन्दोलनको मर्म थेग्न सक्यो मूख्य कुरा हो । विद्रोहका राप र ताप बढ्दै जाँदा आवेगलाई तताउन धेरै मेहनेत र धैर्यता आवश्यक हुन्छ । अब के हुन्छ ! भन्ने जिज्ञासा, रोमाञ्च र रहस्यले मान्छेका सोच र भूमिका सकृय हुन्छन् । तर विद्रोहका राप र ताप चिस्याउन वा सेलाउन भने समय लाग्दैन । समय घर्कदै जाँदा आवेग पनि खहरे झै क्रमशः घट्दै जान्छ । पुराना सत्ताको प्रतिनिधि गणतन्त्रको पहिलो देश फ्रान्सको राज्यक्रान्तिको देशमा अझै एउटा सानो समूह हरेक वर्ष राजतन्त्रको पक्षमा झिनुु जुलुस निकाल्छ । हरेक देशमा क्रान्ति, विद्रोह वा आन्दोलनपछि पनि पुराना व्यवस्थाका प्रतिनिधि नयाँ नाम वा पार्टीका रूपमा सक्रिय हुन्छन् ।

राणा शासनको अन्त्यपछि अर्थात् ०७ सालपछि सत्ता गुमेका अभिजात तप्का खुकुरी दल मार्फत् सक्रिय भए भने १५ सालको चुनावमा गोर्खा परिषद्को नाममा चुनावमा देखिए । भरत शमशेरको गोर्खा परिषद् प्रमुख प्रतिपक्ष दल पनि बन्यो । ०१७ सालपछि भने नेपाली काँग्रेसमा विलिन भयो । पञ्चायत व्यवस्थाको अन्त्यपछि पूर्वपञ्चहरू राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द समूहमा एकै पटक उदय भयो । पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको सेभ द नेसन । कालान्तरमा थापालाई काँग्रेसले प्रधानमन्त्री बनायो भने चन्दलाई एमालेले । ०६४ पछि पनि राजतन्त्रवादीको राप्रपाका नाममा सक्रिय भए भने सांस्कृतिक राष्ट्रवाद भनेर कैयौं साना पार्टी पनि देखा परे ।

नयाँ शक्तिको उदय
हरेक आन्दोलनको सफलतासँगै समाजमा, व्यक्तिमा, पार्टी र कार्यकर्तामा, जातिय र क्षेत्रिय समूहमा जगृति मात्रै आउँदैन् पहिचान र महत्वाकाँक्षाको तिब्र भोकपनि जागृत हुन्छ । ०६२÷६३ को संयुक्त जनआन्दोलनले सरकारमात्रै फेरेको थिएन सत्ता चरित्र नै फेरेको थियो । शासकवर्ग र अभिजात तप्काको एकाधिकार माथि हस्तक्षेप गरेको थियो । मूलधारका पार्टीहरूले संविधानमा आफ्ना सोच समावेश गराँउदैनन् कि भनेर मधेश, दलित, जनजाति, थारुहरूका असन्तोष विद्रोहमा देखा परे । त्यसले फेरी राष्ट्रिय राजनीतिको महत्वपूर्ण हस्तक्षेप भयो । त्यो सनातनी र स्थापित शक्तिलाई चुनौति बन्योे । यसैपनि बहुसङ्ख्यकवादी केन्द्रीय अहङ्कार र स्थानिय अहङ्कारबीच टसल हुन्छ
नै । तर कालान्तरमा मुद्दा केन्द्रित आन्दोलनहरू स्वत्वका टकराहटमा फेरिँदा वर्चश्वको लडाईमा फेरिदै गए । राजनीतिको चित्र र चरित्र बुझ्न आन्दोलन, आन्दोलनरत पार्टी र चुनावका चर्चा आवश्यक हुन्छ । ०६४ सालसम्म पुग्दा २०१५ सालमा चुनावमा सहभागी दलमा ३ दल (काँग्रेस, कम्युनिष्ट र मधेशवादी) सहभागी भए । ०४८ मा राप्रपा दुई समूह थिए भने ०६४ मा पनि दुई नै रहे । ०४८ सालमा सात दलमा रहेको कम्युनिष्टहरू ६४ मा भने १२ र ७९ मा ९ पुगे । मधेशवादी दल १५ साल र ०४८ सालमा १ थियो तर ६४ मा चार र ७९ सालमा तीन ८४ का लागि निर्वाचन आयोगमा ७ दर्ता भएका छन ।
०६४को चुनावमा थारुहरूको १ पार्टी मात्रै थियो भने ८४ को चुनावमा ४ दल दर्ता भएका छन् । एकै प्रकारका मुद्दामा एकै प्रकारको आन्दोलन र पार्टी हुन सक्थे तर मधेशवादी ७ पार्टी छन्, भूमिगतको सङ्ख्या उल्लेख गरिएको छैन, त्यस्तै थारुहरू ३ पाटीमा देखिएका छन् । संसारका मजदुर एक हौ भन्ने कम्युनिष्ट पार्टी त ५० पटकभन्दा धेरै फुटिसक्यो भनेर कम्युनिष्ट आन्दोलनमा अद्ययता प्राध्यापक सुरेन्द्र केशी भन्छन् ।

किन जनआन्दोलन मथ्थर भए?
अहिले चौतर्फी निराशा छ, आक्रोश त छ तर त्यो असन्तोष आन्दोलन बन्न सकेको भने छैन । पुराना दलमाथीको अविश्वास नयाँ नेतृत्वको अभाव, सिद्धान्तहीन राजनीतिमा उपभोक्तावादको चरम हावीले नयाँ आन्दोलन बन्न सकेका छैनन । आन्दोलन मथ्थर हुँनुमा राजनीति विचारमा नरहेर व्यवसायमा फेरिनु प्रमुख कारण हो । सबैपार्टीमा सिद्धान्तभन्दा पनि उपभोक्तावाद हावी हुन पुग्यो । त्यसले राजनीति, पार्टी र मान्छेको औकात सङ्कटमा पार्छ । परिणामः इतिहास घायल हुन्छ । वर्तमान उकुसमुकुस हुन्छ । भविष्य अनिश्चित भएर समाज निराशातर्फ धकेलिँदै जान्छ । सत्य हितअनुसार परिभाषित हुँदै जान्छन् । हितअनुसार इतिहास व्यवस्थापन गर्न खोजिन्छ । अझ विद्रोहका राप र ताप सेलाउँदै गएपछि नायक खलनायकमा फेरिँदै गएर बिभत्सीकरणका पण्डित्याइँ छताछुल्ल हुँदै जान्छन् । नायक ध्वस्त भएको आदर्श घिटिघिटी रहेको समयमा नक्कलीको बिगबिगी चलिन्छ । प्रजातन्त्र, लोकतन्त्र, समाजवादी अभ्यासका सिद्धान्तका जेजे नाम दिए पनि यो क्लेप्टोक्रेसीमा (भ्रष्टतन्त्र) मा फेरिन्छ ।

उपभोक्तावादले अहिले राजनीति र समाज ग्रसित हुँदैछ । त्यसले नित्य नयाँको उग्रभोक जागृत गर्छ । मान्छे खुशी बेचेर सुख किन्न तम्सेको छ । आन्दोलन र सयुक्त आन्दोलनमा कम्युनिष्ट ‘पूर्ण नागरिक स्वतन्त्रताको लडाइँ जिन्दावाद !’ भन्ने उद्घोषका साथ स्थापना भएको नेकपाले २००६ भदौ ३० गते जारी पार्टीको पहिलो कार्यक्रमिक घोषणापत्रमा भनेको थियो– ‘पहाड, पर्वत, खोलानाला, जग्गा जमिन सबको, मानिस हामी दास बनौँ किन हिस्सा सबमा सबको ?’ ०७सालमा प्रत्यक्ष वा परोक्ष आन्दोलनमा सहभागी नेकपालाई मातृकाप्रसाद कोइराला सरकारले २००८ साल अकारण प्रतिबन्ध लगायो । ०१३ सालमा टङ्कप्रसाद आचार्यको सरकारले प्रतिबन्ध हटाएपछि जनतालाई सचेत, जागृत र सङ्गठित गर्दै पार्टी १५ सालको आम चुनावमा सहभागी भएर ४ सिट जित्न सफल भयो । चीन र रुसी पार्टीका आपसी कलहले नेकपालाई पनि सैद्धान्तिक विवादले असर पा¥यो । २०१९ सालमा भएको दरभंगा प्लेनममा स्थापनाको १३ वर्षपछि नेकपा पहिलो पटक फुट्यो । राजावादी र काँग्रेसपरस्त त एकआपसमा गाली शब्द त थिएनै तुुल्सीलालले कुन बाटो र पुष्पलालले त्यसको जवाफमा मुल बाटो लेखेपछि त औपचारिक गालीले पार्टीमा प्रवेश पायो । मोहनविक्रम सिंहले सस्थापक महासचिव पुष्पलाललाई २०३० मा आनन्दबहादुरका नाममा गद्दार पुस्पलाल भन्ने पुस्तक नै लेखे अझ २०३५ मालेले भने ‘षड्यन्त्रपूर्वक गरिएको’ भनेको छ । प्रथम राष्ट्रिय सम्मेलनको दस्तावेजमा “पार्टीको स्थापना अन्तर्राष्ट्रिय संशोधनवादको षड्यन्त्रको उपज थियो ।”

सयुक्त आन्दोलनका पक्षधर नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालले आफ्ना कार्यकर्ता सहयोद्धा र अनुयायीले लगाएका आरोपलाई माफी मागेको, आरोप फिर्ता लिएको जिवित पुष्पलाललले सुन्न पाएनन् । अझ उनकै मार्गदिशामा भएका सयुक्त जनआन्दोलन त देख्नै पाएनन् । कम्युनिस्टका आधारभूत पक्ष विभाजनका कारण के सैद्धान्तिक रुप नै थिए? नेकपाको विभाजनमा आन्दोलनका रुप र चरित्र, संयुक्त जनआन्दोलन, रुस चीनका पार्टीका विवाद, चिनायाँ सर्वहारा सांस्कृतिक क्रान्तिलाई कसरी लिने प्रमुख विषय रहेता पनि समान सोच, मान्यता र विश्वास बीचमा पनि पार्टी फुट्न झिनामसिना विषय उराल्नु आन्दोलनप्रति नै अहङ्कार र स्वत्वका टकराहट देखिन्छ । सूचना र प्रविधिमा आएको अद्भूत विकासले दर्शनका क्षेत्रमा पारेको प्रभाव र आन्दोलनमा पार्ने असर खुट्याउन सकेन । जनयुद्ध र सयुक्त जनआन्दोलन जनयुद्धको चर्चा नगरी सयुक्त जनआन्दोलनले गरेको राज्यसत्ताको चरित्रमै फेरबदल बुझ्न सकिँदैन । जनयुद्धले अभिजात वर्गको स्वर्गमा धावा बोल्यो । हस्तक्षेपको राजनीतिले नयाँ तरंग ल्यायो । सामाजिक, राजनीतिक, राजनीतिक, सांस्कृतिक, साहित्यिक मनोवैज्ञानिक नै उथलपुथल गरिदियो । पुरातन सौन्र्दयवोध भत्काएर नयाँ ढङ्गले सोच्न विवस पा¥यो । नेपाली समाजमा परेको असर समग्र हस्तक्षेपले समाज, संस्कृति, राजनीति, मान्यता र सौन्दर्यलाई नयाँ तरिकाले सोचिन थालिए । भूसंवेदनशीलताका अन्यन्त्रभन्दा भिन्नखाले जटिलता थियो । अभिजात तप्काले आफ्ना परिचय खोज्ने नै भए । सिहदरवार केन्द्रित राजनीति फेरिँदा सडक खाली भयो । चिन्तनको मार्केटिङ पनि माओवादीले गर्न सकेन । भनिन्छः जुन जनमतले विश्वास ग¥यो उसको सम्मान र जसले जिम्मेवार हुन् चेतावनी दिए, उसबाट विनम्र शिक्षा लिन सक्नु पथ्र्यो । चुनौती र सम्भावना भनेको कम्युनिस्ट बन्नकै लागि उसले सूचना सञ्चारको विकाससँगै २१ औँ सदीमा वर्चस्ववाद साम्राज्यवाद र उसको मनोदशा सिर्जना गर्ने उपभोक्तावादसँग कलामय प्रतिकार, नयाँ समाजवादी आदर्श र संस्कृतिमा विशेष जोड दिए मात्र विघटनबाट बच्न सक्थ्यो, तर ध्यान पु¥याएन ।

मान्छेसँग अदभूत शक्ति हुन्छ । फेरिन नचाहनेलाई फेरिन विवश बनायो । तर जातिय वा वर्णसंघर्षलाई वर्गसंघर्ष मातहत विकास गर्न नसक्दा पार्टीभित्रै जनयुद्धको वाई प्रोडक्ट निक्लिए । उत्पिडीत जाति, वर्ण, क्षेत्र भित्रकै अभिजात तप्काले फेरी लम्पट मस्तिष्कलाई भिडमा फेर्दै गयो । त्यसमा मधेश, जनजाति प्रभावित हुँदै गए । हरेक आन्दोलन, विद्रोह र क्रान्तिहरू सूत्रमा चल्दैनन् । बाइप्रोडक्ट पनि हुन्छन् । मधेसी, थारु, जनजाति र दलित बिद्रोहको मनोबल र इच्छाशक्ति जनयुद्धको नै देन थियो । क्रान्तिको क्षेतिपुर्तिभाव पैदा हुँदा कब्जा गर्न गएका स्वयम् कब्जा हुँदै गए । जव आन्दोलनले नायकत्व धान्न सक्दैनन् तव प्रतिक्रियावाद त्यसैको अंशमा टेकेर समग्रमा आक्रमण गर्दै इतिहासलाई नयाँ व्यवस्थापन गर्न थाल्छ् । विभत्स चित्र कोरिन थालिन्छ ।
नायकहरू दुश्मनसँग लड्छन, क्रान्तिका आदर्श बचाउन लागी पर्छन तर नालायकहरू भने दुश्मन आफ्नै पहिलाका मित्रहरूलाई देख्छन् । हिजोको अस्तित्व, सम्मान, जागरुकुता र जनविश्वास नरहेपछि पनि स्वसमिक्षा गर्न लजाउँछन । तर, बनिसकेको इतिहासका डोब र खाटाहरू भने कस्तै इतिहासका व्यवस्थापकहरूले पनि मेटाइन सक्दैदैन ।

कुरा मनोयुद्दका
सबै होस् तर असन्तोष र आक्रोस आन्दोलन नबनोस् भन्ने वर्चश्ववादीहरूको योजना हुन्छ । बर्चश्वशाली आक्रामक साम्राज्यवाद सिद्धान्तको अन्त भयो भनेर दुन्दुभि पिटिरहँदा विचारको मार्गचित्रले कोरेको जनयुद्ध पचाउन नसक्ने मात्र हैन, बिना रक्तपात ध्वस्त गर्न चाहन्थ्यो । बुर्जुवा समाजवादी अभ्यास त पचाउन नसक्ने ‘उदारवादीहरूमा’ कम्युनिस्ट फोबिया मात्र थिएन, अझ माओवादी भनेको बलपूर्वक सत्ता कब्जा गर्ने र सांस्कृतिक क्रान्तिका अनुयायी भएकाले केन्द्रीय सत्तामा लोकप्रिय अभिमतद्वारा पुगेको हेर्नै सक्दैनथे । युद्धको धराप छिचोलेर आन्दोलनलाई नयाँ मार्गचित्र अनुसार अगाडि बढाइरहेको सह्य थिएन । सीमा, समस्या, आग्रह र प्रहारलाई एकीकृत गर्दै शक्ति सञ्चय गरेको दुश्मनसँग कलामय तरिकाले विचारहरूमाथि धावा बोलिरहेको थियो । धार्मिक रुढीवादी आस्था र संस्कृति, कर्पोरेट मिडिया, एनजिओ, कुलिन र सत्ता –बुद्धिजीविहरूको सिन्डिकेट फेरी बन्यो । विद्रोही शक्तिले समय घर्काउने चाल बुझ्न सकेन । सङ्घर्षका चरित्र फेरिएसँगै आर्क र एसाल्ट ग्रुप पनि फेरिन्छन । जनयुद्धमा जनमुक्ति सेना एसाल्ट गु्रप थियो भने मनोयुद्धमा बुद्धिजीवी संगठन, सांस्कृतिक संगठन, पत्रकार संगठन, लेखकहरू सामेल हुन सक्थे । तर मूल नेतृत्वको आशय अनुसार ती सबैका ध्यान सिंहदरवार हुन पुग्यो । मुहान सङ्लो भएसँगै नदिका बहाव स्वच्छ हुन्थे । सङ्क्रमणकाल लम्बिँदै गयो । यो मनोयुद्धले थिलथिलो पार्ने विद्रोहको राप र ताप क्रमशः कम गर्ने, उपभोक्तावाद र परिवारवादमा फसाएर जनतामा नैतिक अपिलको विद्रोही हतियार छिन्ने युद्धनीति चाल पाउन माओवादीले सकेन । परिवर्तनको मूल एजेन्डा वाहक शक्ति माओवादी पहिला फुटेपछि मनोयुद्धको आर्क छिचल्ने सीमा समस्या क्रमशः बढ्दै गए । आन्दोलनको मर्म र आदर्श फेर्न कथ्य (न्यारेटिभ) नै फेर्नुपर्ने हुन्थ्यो । शान्ति युद्धको टे«न्चसम्म पुग्दा माओवादीलाई आफ्नै आदर्शको भारी अझ बोझ बन्दै गए । पुरानालाई निरन्तरता पनि दिन नसक्नु, नयाँ बन्न पनि नसक्दा हुने, गर्ने, देखिने र भन्ने बिचका अन्तरविरोध झाँगिदै गए । त्यसैलाई दुश्मनहरू काँध थाप्दै, प्रशंसा गर्दै, अन्तरघुलन हुँदै ध्वस्त गर्दै थिए । तब दुश्मनको मोर्चामा पड्किनेहरू बजारमा ढल्दै गए । क्रान्तिको क्षतिपूर्ति खोज्ने र भाडाको सेनाको चरित्र भन्दा माथि उठ्न सकेनन् । त्यसका कचराहरू चौतर्फी भए ।
प्राथमिकता सिंहदरवार म्याराथन बन्न पुग्यो । शान्तिकालीन वर्गसङ्घर्ष अझ निर्मम हुन्थ्यो । एकथोपा रगत नबग्ने, एउटै गोली नपड्कने, एउटै लास नढल्ने तर घनघोर युद्ध भने चल्ने । फेरिएको अवस्थामा आफैँँँले पैदा गरेका धेरै, अरूले थोपरेका कम समस्या झेल्दै पार्टी मनोयुद्धको चक्रव्यूहमा फस्दै गयो । बजार संस्कृति, उपभोक्तावाद र अहङ्कारले ग्रसित बन्दा चक्रव्यूह कसिलो बन्दै गए । विचारले पैदा गरेको आदर्श र इच्छाशक्तिका अस्त्र भुत्ते बन्दै गएपछि दुश्मनले कब्जा गर्दै गएर शत्रु खोज्न अन्त हैन, आपस नै पर्याप्त भए । सहयात्री बीचमा अहम् र स्वत्व टक्राए । सैद्धान्तिकीकरण गरियो । तब गुम्दै गएका आन्दोलनको औकात पुनःप्राप्तिको चुनौती झेलिरहेका माओवादी आन्दोलन, आन्दोलनकै रूपमा रहने कि ध्वस्त हुने ! भन्ने अहिले सङ्घारमा उभिए हो ।

राजनीतिलाई सामाजिकीकरण गर्न नसक्नु, तत्कालका जनताका समस्याभन्दा दुरगामी आदर्शमा बहस केन्द्रित गर्नु कम्युनिष्टका वैश्विक समस्याहरू रहे । कम्युनिष्टहरू लडाकु हुन, क्रान्तिकारी पनि हुन, क्रान्ति गर्न सिपालु पनि हुन्छन्, त्याग बलिदानका समर्पित पनि हुन्छन तर जब लड्न दुश्मन पाउदैन तब सिद्धान्तका नाममा, सुद्धताका नाममा कुण्ठा र प्रतिकृयाको राजनीति गर्न थाल्छन । संसारका मजदुर एक हौ भन्नेहरू आफ्नै देशमा भने अनेकौ चिराचिरामा विभाजीत हुँदै आपसमै भिड्छन । म मेरो आफ्नै पार्टीको संस्थापक महासचिव कमरेड पुष्पलाललाई गद्दार पुष्पलाल भन्नेमा पनि पर्छु ।

निस्कर्ष
अहिले काँग्रेसी, काँग्रेस रहेनन् । अफिसियल कम्युनिस्टहरू, कम्युनिस्ट रहेनन् । तर, अझै सिद्धान्त, विचार, आदर्श र मूल्यसँग कुनै साइनो नभए पनि काँग्रेस, एमाले, माओवादीहरूले राजनीतिक पसलमा भने त्यही ट्रेडमार्क राखेर झुक्याउने सुविधा पाए । जे छैन त्यो देखाउनु पर्ने, जे छ त्यो लुकाउनु, छिपाउनु पर्ने उपभोक्तावादी समाजको चरित्र अर्थसंस्कृति मात्रै नभएर राजनीति, धर्मकर्म र सामाजिक सोच बनिसक्यो । आन्दोलन बन्न मुद्दा केन्द्रित अभियान आवश्यक पर्छ । आन्दोलनकारीहरूले आन्दोलनका भाव, मर्म, सपनाको व्यवस्थापन गर्न सकेन भने रूपमा आन्दोलनकारी भए पनि त्यो प्रतिगामीले अपहरण गरिसकेको हुन्छ ।

– निश्चित उदेश्यका लागि भिन्न सोच, सिद्धान्त र मान्यताबिच एकमत भएर सयुक्त आन्दोलन बन्छन् । समयसँगै फेरी आफ्ना मान्यतामा फर्कन्छन् । जर्मनीको हिटलर, इटालीका मुसोलीनी र जापानको तोजो नेतृत्वको फाँसिवादलाई पराजय गराउन रुसी जोसेफ स्टालिन, अमेरिकी रुजवेल्ट र बेलायती चर्चिल बिच सयुक्त मोर्चा बन्यो । दोस्रो विश्वयुद्ध सकिने बित्तिकै सो मोर्चा टुटयो ।
– राजनीतिका नर्सरी विद्यार्थी, मजदुर, किसान, र युवा संगठन हुन । अव तिनको आन्दोलनकारी चरित्र नभै आसे प्रवृत्तिमा फेरिँदा ऐतिहासिक चरित्रको निरन्तरता दिन सकेनन् । परिवर्तनको को हिरावल दस्ता तयार हुन सकेन ।
– आन्दोलनले परिचय बनाएका पार्टीहरूको मूलचरित्र धान्न नसकेपछि ति इतिहासमै सिमित हुन्छन् । प्रजा परिषद्, गोर्खा परिषद्, तराई काँग्रेस, सद्भावनाको अवस्था त्यस्तै देखिन्छ । पहिचानका बजाारमा महत्वाकाँक्षाको कारोबारीहरू पनि अनेकौ पार्टी खोल्दै गए । एउटै उद्देश्य र कार्यक्रमका लागि बनेका अनेकौ पार्टीहरूको भिन्न पहिचान बन्न नसक्दो रहेछ ।
– आर्क फेरिने वित्तिकै संर्घषका रुप फेरिन्छन । संर्घषको रुपसँगै एसाल्ट ग्रुप फेरिन्छन । तर सबभन्दा ठूलो क्रान्तिकारीहरूको समस्या भनेको वर्ग रूपान्तरण हो । हरेक पार्टीका विचार निर्माता जैविक बुद्धिजीवी हुन्छन् । वर्ग सिफ्टसँगै पार्टी, कार्यकर्ता, बुद्धिजीविकै रूपमा रहे पनि गुणमा आएको परिवर्तन नाङ्गो वास्तविकतालाई भने समाजले, नियालिरहेको, व्यवहार गरिरहेको हुन्छ ।
– सत्ता र सरकार एकै होइनन् । राजनीतिमा कुटनीति जोगाडको शक्तिसञ्चय मात्रै हुन्छ, दीर्घकालीन भैरहन सक्दैन ।
– इतिहास भूल्न पनि नसक्नु निरन्तरता दिन पनि नसक्नु हरेक पार्टीका मूख्य समस्या हुन । हुनु, गर्नु, देखिनु र बोल्नु बिचको अन्तरद्धन्दमा रुमल्लिनु समस्या हुन ।
– हरेक आन्दोलनले समाजमा, व्यक्तिमा र स्वयम् पार्टी एवम् कार्यकर्तामा पनि महत्वाकाँक्षा जगाउँछ । महत्वाकाँक्षाको सकारात्मक व्यवस्थापन गर्न सिमित साधन, स्रोत र सहमतिय राजनीतिका सहयात्रीका कारण हुन सक्दैनन् । स्वाभिमान, नाराको व्यवस्थापन र नेतृत्व लिनुभन्दा पार्टी नेतृत्व तहमै अपेक्षा, महत्वाकाँक्षा बढ्दै गएपछि स्वाभिमान कतै अहङ्कार, कतै कुण्ठा, कतै असन्तोष, कतै पलायन त कतै प्रतिशोधमा देखा पर्छन । सहिद अरुको घरमा जन्मियोस्, जनयुद्धको पहिलो हकदावी हुन थाले । क्रान्तिको क्षतिपूर्ति भाव बढछ ।
– कुरामा समाजवादी भएपनि आचार, विचार, अभ्यासमा चरम उपभोक्तावादी जन्मिदै गए । ३० को दशकमा सोभियत रुसमा लेमेन क्लातुराले नेपाली कम्युनिष्ट आन्दोलनमा पुनःजन्म लिए ।
– नारामा क्रान्तिकारता र प्रगतिशीलता भएपनि त्यसको मार्केटिङ गर्न सकिएन भने त्यसले जनविश्वास पाउन सक्दैन । नारा लगाउनेको जीवन संस्कृति र व्यवहार समाजले जाँचेर मात्रै स्वीकार्छ । नारा अनुसारको नैतिक पुँजी भएमात्र सार्वजनिक अपिल गर्ने इच्छाशक्ति हुन्छ । जुन नेतृत्वले निर्णयको स्वामित्व लिन नपाएर शाक्षी किनारामा बसेर मात्रै सहमतिको थप्पडी बर्जाछ कार्यकर्ताको हैसियत राख्दैन भने भएका निर्णयको कार्यान्वयन गर्ने दायित्व पनि उठाउँदैन ।
– पार्टी निरन्तर फुट्दै गएपनि गुट सकिदैनन् बरु गिरोहमा फेरिदै जान्छन । आत्माआलोना र आलोचना पुस्तकमा पुग्छन । दण्ड र पुरस्कार रहँदैन । हाम्रा सबै राम्रामा फेरिन्छन । मित्र मिलनलाई पार्टी एकता भनिन्छ ।
– आफ्नै नाराले फेरेको राजनीतिक र सामाजिक उपलब्धीको पूँजीकरण गर्न सकेन । नारा पनि रुप, धन र शक्तिजस्तै चञ्चल भएर अरुले अपहरण गर्छ ।
– के पार्टीहरू टेडमार्कमा पुगे । अझ कम्युनिष्ट बन्ने न्युनतम आधार के हुँन ।
– सिद्दान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि हरेक राजनिितक पार्टीहरू जनअदालतमा कठघरा उभिनु पर्छ । कतिपय इतिहासका सन्दर्भ स्रोत बनेपनि भूमिकामा हुँदैनन् ।
– गौरवताको हकदार बन्न, इतिहासलाई स्यालुट गर्न वर्तमानको भूमिकाले मात्र औचित्य सावित गर्छ ।
– आक्रोशलाई आशामा फेर्ने र निराशामाथी हस्तक्षेप गर्ने वैचारिकी आजको आवश्यकता हो । आन्दोलनले एकता ल्याउँछ, प्रतिकुलताले आदर्श र मूल्यको राजनीति तयार गर्छ । तर प्रतिकूलताका आदर्शका धरहरा, अनुकुलतामा ढल्दा रहेछन् । नेतृत्वसँग आधुनिक दृष्टिकोण भएर मात्रै पुग्दैन नैतिक पूँजी र प्रविधीले मानवमस्तिकमा पार्ने प्रभाव, नैतिक पूँजीवादले गरेको मनोवैज्ञानिक कलामय व्यवस्थापनलाई कसरी प्रतिरोध गर्ने र मूल्यको राजनितिको संरक्षण गर्ने नीति, विधि अभ्यास पनि आवश्यक हुन्छ । प्रविधी र बजारले मानवमस्तिकमा पार्ने प्रभावले पारेको असर, त्यसले तय गरेको भूमिका र सामाजिक हलचलको नियाल्न आवश्यक हुन्छ ।
– विश्वासको पुनःस्थापना सबै पार्टीको सबभन्दा ठूलो चुनौती हो । राजनीति विचार मात्रै नभै कला पनि भएकाले लोकप्रियतावाद र मूलधारका पार्टीप्रति दिइने प्रतिकृयाले सबैको मथिंगलमा घन ठोकेको हुनुपर्छ ।
– उचाइको पनि निस्चित उमेर हुन्छ । राजनीति सूत्रमा चल्दैन तर सिद्धान्तको राजनीतिलाई सुविधाको राजनीतिले धेरै प्रश्न भने जन्माउँछ । अन्य पार्टीहरू बीचका राजनीति, संस्कृति, चरित्र, संगठन र अभ्यास के भिन्नता छ ?
– हरेक व्यक्ती तृष्णा (बाह्य अपेक्षा) र सन्तुष्टि (आन्तरिक अवस्था) बीचको मनोबैज्ञानिक दोहरो द्वन्द्वको अबस्थाबाट गुज्रीरहेको हुन्छ । इच्छा पुर्ती गर्न प्रयत्नशिल रहने बाह्य प्रवृत्ती र अनन्त इच्छाको कतै अन्त हुँदैन भन्ने ज्ञानयुक्त आन्तरिक चेतका बिचको बिरोधाभाषलाई सहि रुपमा बुझ्न सक्ने चिन्तनशील व्यक्ति वा पार्टी नै सान्दर्भिक ठहरिन्छन् ।
– इतिहासको वेगमय यात्रामा केही मान्छे हिजोको परिचय त्याग्न नयाँ कथ्य रच्छन् वा पाखण्ड गर्छन, अनेकौँ तर्क र क्रियाकलाप गर्छन, उग्र विरोधी बनेर हिजोलाई सराप्छन्
पनि । अर्को चरित्र हुन्छ –इतिहासको हकवाला बन्न त चाहन्छन तर उनलाई वर्तमान थेगिरहेको आदर्श, र बनिरहेको चरित्र, निभाईरहेका भूमिका र संगतले प्रश्न गरिरहेको
हुन्छ । तर विगत मान्छेको सँगै जीवनयात्रा गर्छ ।
– कहिलेकहीँ आन्दोलनको मूलमर्म थेग्न नसके पनि ,नायक खलनायकमा फेरिए पनि इतिहास व्यवस्थापक भाष्यले विभत्स चित्रण गरे पनि आन्दोलनले सामाजिक परिवर्तनमा गरेको हस्तक्षेप र इतिहासमा राजनीतिको क्रमभङ्गताको छाप भने मेटन सक्दैन ।
– गौरवताको हकदार बन्न, इतिहासलाई स्यालुट गर्न वर्तमानको भूमिकाले मात्र औचित्य सावित गर्छ ।
– शान्तिप्रक्रियामा आँउदा माओवादीसंगै कुनै रोडम्याप थिएन । जनयुद्दको वाई प्रोडक्ट क्रमशः देखा पर्दै गए ।

Exit mobile version