एसईईमा चिट चोराउने धरौटीमा छुटे

नेपालगन्जमा एसईई परीक्षामा प्रविधिको प्रयोग गरी चिट चोराएको आरोपमा पक्राउ परेको चार जनालाई धरौटीमा छाडिएको छ । पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि एक जनाको उमेर नपुगेका कारण बाल इजलासमा पेश गरिएको थियो ।

नेपालगन्जमा रहेको जिभिएन परीक्षा केन्द्रमा ह्वाटशप ग्रुप बनाएर प्रश्नपत्र आउट गरी उत्तर पठाएको फेला परेपछि अनुसन्धान गर्दै प्रहरीले शिक्षक र कन्सल्टेन्सीका गरी पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

शिक्षा ऐन बमोजिम परिक्षाको मर्यादा बिपरितको कसुर र सजायको माग दाबी सहित प्रशासन समक्ष पेश भएकोमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको आदेशले दुई जनालाई जनही रु ६०÷६० हजार र कन्सल्टेन्सिमा फेला परेका २ जनालाई जनही रु ३०÷३० हजार धौरौटिमा छाडेको छ ।

Exit mobile version