हेर्नुस्, नेपालगन्जका कुन विद्यालय, कुन वर्गमा

नेपालगन्ज उपमहानगर–पालिकाले आफ्नो क्षेत्र भित्र रहेका विद्यालयहरूको वर्गीकरण गर्दै शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिले संस्थागत विद्यालयहरूको संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०८० अनुसार संस्थागत विद्यालयको वर्गीकरण गरेको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले जानकारी दिएकारी दिएका छन् ।

नेपालगन्ज उपमहानगर–पालिकामा ८१ विद्यालय रहेका छन् । जसमध्ये प्रक्रिया पूरा नगरेका केही विद्यालयको मापदण्ड मूल्यांकन रोकिएको छ, उनीहरूले ५ हजार जरिवाना तिरेर फारम भर्न सक्ने व्यवस्था उपमहानगरपालिकाको शिक्षा महाशाखाले गरेको छ । वर्गीकरणका लागि स्वमूल्यांकन फाराम नभर्ने विद्यालय १४ वटा छन् ।

शिक्षा समितिका अनु्सार, क वर्गमा १३ विद्यालय परेका छन् । एन्जल्स मावि, गोल्डेन एबिसी एकेडेमी, होलिल्याण्ड मावि, स्प्रिङ्ग डेल एकेडेमी, सेन्ट थोमस ई.मि. स्कुल, यूनाइटेड एजुकेशन एकेडेमी, जय बागेश्वरी मावि, मोर्डन पब्लिक मावि, आदर्श मा.वि., नेपालगन्ज मोडेल एकेडेमी, सोफिया आरआर स्कुल, होप इन्टरनेशनल स्कुल र ज्ञानोदय विद्या निकेतनलाई उपमहानगरपालिकाको शिक्षा महाशाखाले क वर्गमा सूचिकृत गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाले शुल्क समेत निर्धारण गरेको छ । संस्थागत विद्यालयले आफुखुशी शुल्क लिने गरेको अभिभावकहरूको गुनासो बीच उपमहानगरपालिकाले विद्यालय वर्गीकरण गरेर वर्ग अनुसार शुल्क निर्धारण गरेको हो ।

उपमहानगरपालिकाले क वर्गका विद्यालयले आधारभूत तहमा मासिक अधिकतम ४ हजार ५ सय ख वर्गकाले ३ हजार ७ सय ५० र ग वर्गका विद्यालयले ३ हजार शुल्क लिन पाउने छन् । त्यस्तै माध्यमिक तह तर्फ क वर्गका विद्यालयले मासिक अधिकतम ५ हजार ५ सय, ख वर्गका विद्यालयले ४ हजार ६ सय र ग वर्गका विद्यालयले ३ हजार ७ सय ५० शुल्क लिन पाउने छन् ।

अभिभावकहरुले मासिक शुल्क बाहेक अन्य परीक्षा जस्ता शुल्कको निर्धारण पनि उपमहानगरपालिकाले गर्नुपर्ने बताएका छन् ।

Exit mobile version