जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर ल्याएको चप्पल बरामद गरेको छ ।
प्रहरीका अनुसार, शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको ७ सय ४४ जोर चप्पल बरामद भएको हो ।
प्रहरीले बिना भन्सार सामान ल्याउने व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ । ५७ हजार ८० मूल्यांकन गरिएको उक्त चप्पल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाएको बाँके प्रहरीले जानकारी दिएको छ ।