भारतबाट भन्सार छलेर ल्याएको ८ लाख बढी मूल्यको मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बसापार्कबाट भन्सार छलेर भारतबाट ल्याएको मोबाइल डिस्प्ले, टच ४ सय पिस बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले बरामद सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको
छ ।