क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले शिक्षा क्षेत्रका विभिन्न विषयलाई लिएर हस्ताक्षर अभियान शुरु गरेको छ ।
बाँकेमा सुरु गरिएको अभियानबारे सोमवार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई जानकारी दिइएको छ ।
पार्टी नेता दीपक बहादुर शाहीका अनुसार, विद्यार्थी भर्नामा भइरहेको अनियमितता, प्रत्येक बर्ष लिने गरिएको भर्ना शुल्क फिर्ता, दस कक्षासम्म सम्पुर्ण शिक्षा निःशुल्क लगायतका आठ बूँदे माग सहित हस्ताक्षर अभियान थालिएको हो । ‘आठ सुत्रीय मागबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छौं,’ अखिल क्रान्तिकारीको अभियानबारे पार्टी नेता शाहीले भने ।