सेनाद्वारा मन्दिर परिसरमा बसेकाहरुलाई संक्रान्तिको ध्यू चाकु वितरण

रुपनी जि एम
माघे संक्रान्तिको अवसरमा बाँकेको वागेश्वरी मन्दिर परिसरमा बसेकाहरुलाई बाँकेको राझाँ स्थित श्री नं. ४ बाहीनीका बाहीनीपति सहायकरथी प्रकाश थापाको नेतृत्वमा ध्यू चाकु वितरण गरिएको छ ।
सोमबार मन्दिर परिसरमा बसेका गरिब र असाहयहरुलाई सहायकरथी थापाले संक्रान्तिको अवसरमा तरुल, सखरखण्ड, ध्यूचाकु, तीलको लड्डु लगाएतका खाने कुरासँगै चामल र पैसा पनि वितरण गर्नु भएको थियो ।
सेवा नै धर्म हो भन्ने भावमा बाहीनिपति थापाले सोमबार बिहानैदेखि मन्दिर परिसरमा बसेकाहरुलाई प्रसाद वितरण गर्दै उहाँहरुसंग केही समय कुरा पनि गर्नु भएको थियो ।
थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ बर्षका रुपमा मनाउने गर्छन् भने माघे संक्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइन्छ ।
तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका सँस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन् ।

Exit mobile version