बाँकेकी हसिना खान स्वास्थ्य राज्यमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्याराज्यमन्त्री हसिना खानलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै ।

बाँकेकी हसिना खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्यमन्त्री बनेकी छन् । जनता समाजवादी पार्टी (जसपा)की सांसद खानले सोमबार सोही पार्टीबाट स्वास्थ्य मन्त्री बनेका प्रदीप यादवसँगै शपथ ग्रहण गरेकी थिइन् ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलेको समुपस्थितिमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि नेपालको संविधानको धारा, ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिइन् ।

प्रधानमन्त्रीको सिफारिसमा जसपाका सांसद प्रदीप यादवलाई मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार तोकिएको छ । विसं २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७६ को उपधारा (९) बमोजिम यादव र खानलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

Exit mobile version